आर्टिस्ट सजनीको प्रसव पीडा र खुसी : डाक्टरले ‘छोरी मान्छे भएर पनि छोरीलाई मारेको’ भन्दा सहनै सकिन, गाली गरेँ
सजनी श्रेष्ठले कला सिक्ने र सिकाउने क्रममा आफ्नो तीस वर्ष खर्च गरिसकिन् । अहिले पनि चार वटा स्कुलका विद्यार्थीहरूलाई उनले चित्रकला तथा माटोको मूर्तिकला सिकाउने गर्छिन्। अहिलेको युवा पुस्तामा कलाप्रति आकर्षण बढेकोमा उनी खुसी त छिन् नै सँगै अहिले पढाइमा पनि यस विषयलाई प्राथमिकतामा राखेको कारण रमाइलो मानिरहेकी छिन्।
उनी घरमा तीन दाजुपछि जन्मिएकी कान्छी छोरी हुन्। दाइको साथी चित्रकारले उनको घरमा विभिन्न चित्र बोकेर आउने गर्दा नै उनी यसप्रति आकर्षित हुँदै गइन्। पछि उनले ती चित्रकार दाइले चित्र बनाइरहेको हेर्न थालिन्। अनि एसएलसीपछिको खालि समय उनले चित्रकलालाई दिइन् उनी पछि सिर्जना आर्ट ग्यालरीमा ’आर्ट’ सिक्न थालिन्।
उच्च शिक्षामा उनको विषय मनोविज्ञान भए पनि उनले कलालाई नै प्राथमिकतामा राखिन्। अझ कलाकै विविध पक्षमा उनले आफूलाई अन्वेषणमा ढाल्दै गइन्। माटो, सेरामिक कला समेत सिकिन्।
उनी दुई सन्तानको आमा पनि हुन्। प्रसव अनुभव सजनीले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा यसरी साटिन् :
OOO
तीन दाजुभाइ पछि जन्मिएको कारण म एकदम माया र स्नेहमै हुर्किएँ। सबै भन्दा बढी समय बजैसँग बित्यो। विवाह भन्दा अगाडि नै आफ्नो खुट्टामा आफै उभिइसकेको थिएँ। हाम्रो मागी विवाह हो, तर दुई वर्ष हामीले एक अर्कालाई दियौँ। एउटा प्रेम सम्बन्धको माहौल पनि बन्यो। उहाँ(श्रीमान्)को आमा-बा हुनुहुन्थेन। मैले यो मान्छेसँग बिहे गर्यो भने यसको पनि राम्रो हुन्छ, राम्रैसँग काम गर्न सक्छु भन्ने लाग्यो। अनि डेढ वर्षपछि हामीले बिहे गर्यौँ।
घरमा ठुलो अभिभावक भनेकै जेठाजु-जेठानी हो। उहाँहरूले मेरो काममा पुरा सपोर्ट गर्नुभयो। बिहे पछि नै मैले आफ्नो ’सोलो एक्जिबेशन’ पनि गरेँ।
बिहे भएको ६ वर्ष भइसकेको थियो। सबले ’खै त अब कहिले पाउने? ढिला भयो अब त’ भन्न थाल्नु भयो। एउटाले त ’खै तिम्रो भविष्य?’ भनेर मुटुमै च्वास्स बिझ्ने गरेर भन्नुभयो। सन्तान जन्माउन समाजले पनि धेरै भूमिका खेल्ने रहेछ भन्ने लाग्यो।
श्रीमानले भने अझै पर्खिऊ न भन्नुभयो। पछि मेरो डाक्टर साथीले पनि गाली नै गर्यो। ’नपाउने भए नपाउने भन, एडप्ट गर्ने भए एडप्ट गर्ने भन। नत्र गाह्रो हुन्छ’ भन्यो।
मेरो उमेर त्यसबेला ३० कटिसकेको थियो। साथी डाक्टर बन्दनाले त औषधी खाऊ, अहिले नै प्लान गर समेत भनिन्। उनले नै मेरो स्वास्थ्य ठिक छ कि छैन भनेर चेक पनि गराइन्। सब ठिक छ भनेपछि म पनि ढुक्क भएँ।
घरमा गएर श्रीमानलाई ‘तिमीले नाइँ भने पनि म जसरी नि जन्माउँछु अब’ भनेँ। अनि हामी तयार भयौँ।
संयोगले त्यही बेला मेरो गर्भ रह्यो। म लगायत घरमा सबै जना खुसी भयौँ। मैले त्यसबेला ’आमा र सन्तान’ को एउटा पेन्टिङ बनाएँ। त्यसपछि गन्ध आउने रङ्गहरूबाट टाढा बसेँ।
गर्भवती अवधिमा उमेरले केही असर गरेन। प्राय टेस्टहरू मैले नजिकैको मेडिकलमा गरेँ। रिपोर्ट देखाउन चैँ डाक्टर वन्दनाकोमा नै जान्थेँ। उनी त्यसबेला टिचिङ अस्पतालमा काम गर्थिन्।
दशैँपछि होस् भनेर हामीले प्लान गरेका थियौँ। तौल बढ्दै गए पनि मलाई जिउभरि भएको याद छैन। सुरुको तीन महिना खानाको गन्धले गर्दा अप्ठ्यारो हुन्थ्यो। त्यसबाहेक कुनै अप्ठ्यारो मैले महसुस गरिन।
श्रीमान् नै जानुपर्ने बेला बाहेक बाँकी सबै चेकअपको लागि म आफै जान्थेँ। अन्तिम महिनामा चैँ अलि प्रेसर बढ्यो। अनि खुट्टा सुन्निएको थियो।
बाहिरको खाना चैँ बन्द नै गरेँ। काममा व्यस्त भएकाले मानसिक रूपमा पनि धेरै तनाव भएन। बच्चा चलेको छ/छैन भनेर त्यति धेरै वास्ता गरिन। तर त्यो चैँ आमा आफैले अनुभूति गर्नुपर्ने रहेछ। आफैँ आमा बन्न लागेको बेलामा त मैले स्कुलमा जो बच्चा देखे पनि म भित्र पनि यस्तै बच्चा छ भनेर सोच्थेँ।
मेरो दही-चिउरा खाने कार्यक्रम पनि सकिसकेको थियो। सबै परिवार भेला भएर हामीले दशैँको टीका भन्दा केही दिन अगाडि राम्रोसँग कार्यक्रम गरेका थियौँ।
घटस्थापनाको बीचमै मेरो प्रेसर बढेकाले अस्पतालमा भर्ना हुन चिकित्सकले सुझाव दिएका थिए। तर, दशैँ पछि नै आउँछु भनेँ। बरु मैले औषधी खाएँ।
टीकाको दिन यो सारी लगाएर जाने भनेर तयारी गर्दै थिएँ। टीकाको भोलिपल्ट हस्पिटल जान्छु अनि डेलिभरी गर्छु भन्ने योजना थियो। टीकाको बिहानै उहाँ ’मर्निग वाक’मा जानुभयो। म घरमै थिएँ।
उहाँलाई त हृदयाघात भएर वीरबाट गङ्गालाल जान लाग्नुभएको रहेछ। उहाँले फोन कट गर्नु भएन छ, त्यही बेला मैले एम्बुलेन्सको आवाज सुनेँ। एकछिन त स्तब्ध भएँ। त्यसबेलासम्म म आफै केही दिनमा सन्तान जन्माउँदै छु भन्ने नै बिर्सिएँ।
बच्चा चले-नचलेको पनि मलाई थाहा भएन। मनलाई थामेर बसेँ। पछि सब ठिक छ, औषधी खाएरै ठिक भयो भन्ने खबर आएपछि मात्र म बिउँझेको जस्तो भयो।
म दाइसँग त्यही साँझ अल्ट्रासाउन्ड गर्न गयौँ। त्यसअघिको अल्ट्रासाउन्डमै डाक्टरले मलाई के ’को इच्छा छ? छोरा/छोरी के चाहिन्छ?’ भनेर सोध्नु भएको थियो। मैले जे भए पनि म खुसी छु भनेको थिएँ। त्यसपछि डाक्टर बाहेक हामीलाई पनि के हुनेवाला छ भनेर थाहा थिएन।
त्यसदिन अल्ट्रासाउन्ड गर्न गएको डाक्टरले त बच्चाको धड्कन चलिरहेको छैन भन्नुभयो। म झस्याङ्ग भएँ। उहाँले सब रिपोर्ट हेर्नुभयो। रिपोर्ट अनुसार सब ठिक छ, के भयो त! भनेर डाक्टर पनि अचम्म पर्नुभयो।
के भन्ने, के गर्ने, कस्तो प्रतिक्रिया दिने नै थाहा भएन। नौ महिनाको पुरा गर्भावस्था भोलि जन्म दिने भनेर बसेको, एक मनले डाक्टर परिवर्तन भएर थाहा नभएको हो कि ! भन्ने पनि लाग्यो।
तर पछि डाक्टरले ‘तिम्रो बच्चा छैन’भन्नुभयो। म त स्तब्ध भएँ। चिच्याएर रुन पनि सकिन, केही भन्न पनि सकिन। तुरुन्तै दाइलाई फोन गरेर भनेँ। अनि हामी सिधै टिचिङ अस्पताल गयौँ। दाइ पनि आत्तिनु भएछ, उहाँले त एम्बुलेन्सको गतिमा गाडी चलाएर मलाई त्यहाँ पुर्याउनु भएको थियो।
दशैँको समय भएर डाक्टर वन्दना पनि बिदामा पोखरा जानुभएको रहेछ। त्यही बेला म अस्पतालमा भर्ना भएँ।
अगाडि नै जेब्रा झोलामा सबै सामान तयारी गरेको भएर उठाएर हिँड्न मात्र बाँकी थियो। त्यो पनि ल्याइयो। श्रीमान् आफै अस्पतालमा हुनुहुन्थ्यो। उहाँ आउन पाउनु भएन। तीनमध्ये एक दाइले मलाई छोड्नु नै भएन।
अस्पतालबाट नर्मल डेलिभरी नै गर्ने भन्ने कुरा आयो। घरमा भोलिपल्ट मात्र भन्यौँ। भोलिपल्ट डाक्टर वन्दना पनि आउनुभयो।
मलाई व्यथा लाग्ने औषधी दिइयो। सायद बेबी गएको धेरै भएको थिएन होला। मलाई त त्यस्तो गाह्रो पनि भएको थिएन। ४८ घण्टा पुरै प्रसव व्यथा लाग्यो। यति धेरै गाह्रो भएर पनि मेरो बेबी छैन भनेर सोच्नुपर्दा म अर्कै स्थितिमा थिएँ।
सबैले यो नभए पनि अर्कोको लागि सचेत हुनुपर्छ, आफ्नो स्वास्थ्यको ख्याल गर भनेर सान्त्वना दिए। तर भित्रभित्र धेरै जलन भइरहेको थियो। तर मैले त्यो कसैलाई देखाउन सकिन। एक थोपा आँसु पनि खसालिन।
नौ महिनाको सग्लो बच्चा, आफ्नो पहिलो सन्तान। आमा भनेको के हो भन्ने अनुभूति गर्दै गरेको बेला। व्यथा भनेको के हो भन्ने थाहा भएको समयमा मलाई बेस्कन गाह्रो हुँदा पनि भित्रको जलन जत्तिको पीडा भएको थिएन।
मैले आफ्नो आवाज पुरै दबाएर राखेँ। बिस्तारै घरहरु खुल्दै गएछ, मलाई अर्कै कक्षमा लगियो। धेरैले ’आमाको लापरबाही’, ’यस्तो हुँदासम्म पनि कस्तो थाहा नभएको !’ भनेको सुनेँ।
डाक्टर वन्दना आउनुभयो। उहाँले डेलिभरीको लागि अर्कै टिमलाई ह्याण्डओभर गरिदिनुभयो। अहिले सोच्दा उनलाई पनि मनले दिएन होला जस्तो लाग्छ।
डाक्टर,नर्स ओहोरदोहोर गरिरहनुभएको थियो। म भित्र एक्लै थिएँ। एक्कासि एउटा डाक्टर आउनुभयो। सबै रिपोर्ट हेर्नुभयो। अनि उहाँले कराएर ‘हेर छोरी मान्छे भएर पनि छोरीलाई मारेको’ भन्नुभयो। म त जुरुक्क उठेर, ’हैन के भनेको हो ! न मलाई छोरा भनेर थाहा छ, न छोरी भनेर थाहा छ। हिजो मात्र मेरो श्रीमान् हृदयाघात भएर बल्ल ठिक हुनुभएको छ। मैले यस्तो किन गर्छु। मैले मारेको होइन’भनेर बेस्सरी चिच्याएछु।
अगाडिदेखि दबाएर राखेको सबै भाव त्यसरी डाक्टरले गलत कुरा भनेपछि बाहिर आयो। अनि डाक्टर जानुभयो। छोरी छ भनेर थाहा पाएपछि मलाई झन् सहनै गाह्रो भयो। केही बेरमा मैले नानीलाई जन्म दिएँ।
नानी सग्लो निस्कियो। ल तिम्रो बेबी भनेर मलाई देखाउनुभयो । मैले हेर्ने सकिन। भैगो म हेर्दिन, मलाई नदेखाउनु भने। उहाँहरूले परबाट भए पनि हेर्नु पर्छ भनेर झुन्डाएर देखाउनुभयो। मैले हेर्ने सकिन।
नानी जन्मिएपछि शरीरलाई आराम भएछ। त्यसपछि मेरो दिमागमा त अनेक कुरा खेल्यो। मैले त्यो छोरीलाई त्यागेँ। उसलाई हेर्ने आँट कसैले गर्न सकेनौ।
त्यसबेला मैले सासूलाई धेरै सम्झिएँ। मेरो सासू भइदिएको भए, मेरो नातिनी, मेरो सन्तान कस्तो छ भनेर एक नजर हेर्ने इच्छा व्यक्त गर्नुहुन्थ्यो होला। तर कसैले पनि त्यो गर्न सकेन।
नौ महिना मेरो कोखमा राम्रोसँग बसेको उसलाई एक झलक हेर्न पनि सकिन। पछि सुनेको, गार्डेनमा पुर्ने रहेछन्।
मृत नै सही शिशुलाई जन्म दिएको त हुँ। मेरो दूध पनि आएको थियो। दूध सुकाउने औषधि समेत खानुपर्यो। केहिदिन वार्डमै बस्न पर्यो। त्यसबेला मेरो वरपर नयाँ आमा, बच्चाहरू धेरै थिएँ। मैले उनीहरूलाई समेत हेर्न सकिन। कति खेर घर जाऊँ भन्ने मात्र लागिरहेको थियो।
घरमा आइसकेपछि सबैले राम्रो व्यवहार गर्नुभयो। आमाले एक दिन-एक रात भए पनि श्रीमानको घरमै बस्नुपर्छ। न्वारानको दिनमा चार दिन हुन्छ। नुहाएर मात्र आउ भन्नुभयो।
म त अशुद्ध भएछु नि त, मृत जन्माएकाले। म आमाहरूसँग भन्दा पनि दाइकोमै बसेँ। बच्चा नभए पनि सुत्केरी स्याहार गर्नुपर्छ भनेर सबले हेरचाह गर्नुभयो। दुई महिना त म पुरै माइतीमा बसेँ।
पूर्ण रूपमा ठिक हुन केही समय लाग्यो। काम गर्ने गाह्रो भयो। नानी गर्भमा रहनुभन्दा अगाडि बनाएको चित्र मैले पाँच वर्षसम्म बाहिर निकालिन। केही समय अघि मात्र मैले बाहिर राखेको छु।
अब त काम गर्नै पर्छ भनेर आफै ’मोसिभेट’ भएँ। नौ महिनासम्म मलाई देखेकोहरुले ’तिम्रो बेबी खै त? के भयो ?’ भन्ने प्रश्न सोधिरहे। मैले उनीलाई छैन भनेर जवाफ फर्काउन सकिन। अहिलेसम्म कोहीले त ठुलो चै खोइ त? भनेर सोध्नु हुन्छ। मुटु गाँठो पर्छ।
मैले अहिलेसम्म बाबुलाई उसको दिदीको बारेमा भन्न सकेको छैन। नानी नहुँदा नै मलाई डाक्टरले अबको दुई महिनापछि अर्को सन्तानको लागि तयारी गर्दा हुन्छ भन्नुभएको थियो। मलाई त के गर्ने होला, कसरी गर्ने होला भनेर डर लागिरहेको थियो।
चेकअपको लागि गयौं। दोश्रो गर्भ रहन हामीलाई अलि समय लाग्यो। डाक्टर बन्दनाले पनि टिचिङ हस्पिटल छोड्नुभयो। फेरी गर्भ रहनको लागि समय लागेको भएर उहाँले हामीलाई भारत जाने सल्लाह दिनुभएको थियो।
त्यसपछि मैले डाक्टर भोला रिजाललाई सम्झिएँ। उहाँलाई भेट्ने धेरै पर्खिनु पर्यो। उहाँले रिपोर्ट हेरेर हौसला दिनुभयो। खै के भएर हो, मेरो पाठेघरको ट्युब बन्द भएको रहेछ। त्यो खुलाएपछि अर्को महिना गर्भ रह्यो। भोला रिजालकोमा जे आश लिएर गएको थिएँ, त्यो भयो। म खुसी भएँ।
दोस्रो गर्भको समयमा पनि मलाई त्यस्तो धेरै अफ्ट्यारो त भएन। तर जतिखेर अल्ट्रासाउण्ड गर्न गए अगाडिको नानीको समय सम्झेर रोएको छु। त्यतिबेला पनि कामबाट ब्रेक लिएको थिएँ। जँचाउन जानेबेला भाउजूलाई साथमा लिएर गएँ।
लोकल गाडी चढ्न कम गरेँ। प्राय समय माइत बसें। पहिलोमा भन्दा थप सतर्क भएँ। बच्चाको चाल कस्तो छ, भनेर मैले यसबेला पुरै अनुभूति गरेँ। नानीको पालामा मैले त्यो अनुभूति राम्रोसँग गर्न पाएको थिइन।
सकेसम्म आफुलाई सकारात्मक राख्ने प्रयास गरेँ। अल्ट्रासाउण्ड गर्ने बेलामा डाक्टरले छोरा छ भनेर जानकार गराउनुभयो। त्यसबेला पनि मैले केही प्रतिक्रिया जनाउन सकिन। ट्वाइलेट गएर खुब रोएँ।
बाबुको पालोमा चैँ तिहारपछि अस्पतालमा आउन भन्नुभएको थियो। मैले ’मलाई एकदम डर छ। नर्मल डेलिभरी पनि गर्न सक्दिन होला’ भने। डाक्टरले त्यसो भए अहिले नै भर्ना भइहाल, भोलि सिजर गर्ने भन्नुभयो। नर्मल जन्माउन्दा अगाडिको सबै कुरा ताजा हुन्छ भनेर हिम्मत गर्नै सकिन। त्यै भएर सिजरनै गर्ने भनेर मानसिक रुपमा तयार गरेँ।
एनेस्थेसिया प्रयोग गरे पनि आधा शरीर मैले थाहा पाईरहेकै थिएँ। केही बेरमा तिम्रो छोरा भयो भनेर भन्नुभयो। त्यो टिममा मेरो दाइको साथीको श्रीमती पनि हुनुहुन्थ्यो। उहाँले थप स्याहार पनि गर्नुभयो।
छोरा भयो भनेर सुने पछि मेरो आँखाबाट धरधर आँसु आयो। अनि डाक्टर भोला रिजालले ’छोरा भयो भनेर सबै जना खुसी हुन्छन्, तिमि किन रोएको’ भन्नुभयो। मैले आँसु थाम्नै सकिन। पहिलाकै कुरा याद भइनै रह्यो।
पछि त म बेहोस नै भएछु। मलाई २४ घन्टाको लागि निगरानीमा राखियो। पुरै गहिरो निन्द्रामा पुगेछु। शरीरलाई गार्हो भए पनि मन दह्रो पार्नपर्ने रहेछ। सिजर पछि त मलाई बस्न, उठ्न समेत गार्हो भएको थियो। उठाउन, सुताउन मान्छे चाहिन्थ्यो।
तीन दिन पछि बाबुलाई राम्रोसँग काखमा लिन पाएँ। तर उसलाई स्तनपान गराउनै सकिन। जे गरे पनि दुध नै आएन। अगाडि दुध सुकाएर पनि पछि यस्तो भएको हो कि भन्ने लाग्यो। तर डाक्टरहरुले होइन भन्थे। बाबुले त पुरै बोतलको दुध पिएको हो।
त्यसबेला पनि सुत्केरी स्याहार राम्रो भयो। माइतमा धेरै समय बसेँ। सुगर घटिसकेको थिएन। घिउ-चाकु-भात खान मिलेन। तीन महिना आराम गरेर फेरी काम गर्न थालें।
अहिले बाबु दश वर्षको भयो। उसलाई पनि कलामा धेरै रुचि छ। त्यतै आकर्षित भइरहेको छ। बाबुपछि अर्को सन्तानको बारेमा मैले सोच्नै सकिन। नर्मल र सिजर दुबै अनुभव भइसकेको भएर मलाई फेरी अर्को सन्तान होस् भन्ने चाहना भएन।
मेरो छोरी अझै छ भन्ने लाग्छ। कसैको छोरी देख्यो भने मेरो छोरी पनि यत्री हुन्थी, यस्तै हुन्थी भन्ने लाग्छ।
मैले अहिलेसम्म बाबुलाई उसको दिदीको बारेमा भन्न सकेको छैन। नानी नहुँदा नै मलाई डाक्टरले अबको दुई महिनापछि अर्को सन्तानको लागि तयारी गर्दा हुन्छ भन्नुभएको थियो। मलाई त के गर्ने होला, कसरी गर्ने होला भनेर डर लागिरहेको थियो।
चेकअपको लागि गयौँ। दोस्रो गर्भ रहन हामीलाई अलि समय लाग्यो। डाक्टर बन्दनाले पनि टिचिङ हस्पिटल छोड्नुभयो। फेरी गर्भ रहनको लागि समय लागेको भएर उहाँले हामीलाई भारत जाने सल्लाह दिनुभएको थियो।
त्यसपछि मैले डाक्टर भोला रिजाललाई सम्झिएँ। उहाँलाई भेट्ने धेरै पर्खिनु पर्यो। उहाँले रिपोर्ट हेरेर हौसला दिनुभयो। खै के भएर हो, मेरो पाठेघरको ट्युब बन्द भएको रहेछ। त्यो खुलाएपछि अर्को महिना गर्भ रह्यो। भोला रिजालकोमा जे आस लिएर गएको थिएँ, त्यो भयो। म खुसी भएँ।
दोस्रो गर्भको समयमा पनि मलाई त्यस्तो धेरै अप्ठ्यारो त भएन। तर जतिखेर अल्ट्रासाउन्ड गर्न गए अगाडिको नानीको समय सम्झेर रोएको छु। त्यसबेला पनि कामबाट ब्रेक लिएको थिएँ। जँचाउन जानेबेला भाउजूलाई साथमा लिएर गएँ।
लोकल गाडी चढ्न कम गरेँ। प्राय समय माइत बंसे। पहिलोमा भन्दा थप सतर्क भएँ। बच्चाको चाल कस्तो छ, भनेर मैले यसबेला पुरै अनुभूति गरेँ। नानीको पालामा मैले त्यो अनुभूति राम्रोसँग गर्न पाएको थिइन।
सकेसम्म आफूलाई सकारात्मक राख्ने प्रयास गरेँ। अल्ट्रासाउन्ड गर्ने बेलामा डाक्टरले छोरा छ भनेर जानकार गराउनुभयो । त्यसबेला पनि मैले केही प्रतिक्रिया जनाउन सकिन। ट्वाइलेट गएर खुब रोएँ।
बाबुको पालोमा चैँ तिहारपछि अस्पतालमा आउन भन्नुभएको थियो। मैले ’मलाई एकदम डर छ। नर्मल डेलिभरी पनि गर्न सक्दिन होला’ भने। डाक्टरले त्यसो भए अहिले नै भर्ना भइहाल, भोलि सिजर गर्ने भन्नुभयो। नर्मल जन्माउँदा अगाडिको सबै कुरा ताजा हुन्छ भनेर हिम्मत गर्नै सकिन। त्यै भएर सिजरनै गर्ने भनेर मानसिक रूपमा तयार गरेँ।
एनेस्थेसिया प्रयोग गरे पनि आधा शरीर मैले थाहा पाई हेकै थिएँ। केही बेरमा तिम्रो छोरा भयो भनेर भन्नुभयो। त्यो टिममा मेरो दाइको साथीको श्रीमती पनि हुनुहुन्थ्यो। उहाँले थप स्याहार पनि गर्नुभयो।
छोरा भयो भनेर सुने पछि मेरो आँखाबाट धरधर आँसु आयो। अनि डाक्टर भोला रिजालले ’छोरा भयो भनेर सबै जना खुसी हुन्छन्, तिमि किन रोएको’ भन्नुभयो। मैले आँसु थाम्नै सकिन। पहिलाकै कुरा याद भइनै रह्यो।
पछि त म बेहोस नै भएछु। मलाई २४ घण्टाको लागि निगरानीमा राखियो। पुरै गहिरो निन्द्रामा पुगेछु। शरीरलाई गाह्रो भए पनि मन दह्रो पार्नुपर्ने रहेछ। सिजर पछि त मलाई बस्न, उठ्न समेत गाह्रो भएको थियो। उठाउन, सुताउन मान्छे चाहिन्थ्यो।
तीन दिन पछि बाबुलाई राम्रोसँग काखमा लिन पाएँ। तर उसलाई स्तनपान गराउनै सकिन। जे गरे पनि दूध नै आएन। अगाडि दूध सुकाएर पनि पछि यस्तो भएको हो कि भन्ने लाग्यो। तर डाक्टरहरूले होइन भन्थे। बाबुले त पुरै बोतलको दूध पिएको हो।
त्यसबेला पनि सुत्केरी स्याहार राम्रो भयो। माइतमा धेरै समय बसेँ। सुगर घटिसकेको थिएन। घिउ-चाकु-भात खान मिलेन। तीन महिना आराम गरेर फेरी काम गर्न थालेँ।
अहिले बाबु दश वर्षको भयो। उसलाई पनि कलामा धेरै रुचि छ। त्यतै आकर्षित भइरहेको छ। बाबुपछि अर्को सन्तानको बारेमा मैले सोच्नै सकिन। नर्मल र सिजर दुवै अनुभव भइसकेको भएर मलाई फेरी अर्को सन्तान होस् भन्ने चाहना भएन।
मेरो छोरी अझै छ भन्ने लाग्छ। कसैको छोरी देख्यो भने मेरो छोरी पनि यत्री हुन्थी, यस्तै हुन्थी भन्ने लाग्छ।
प्रसव पीडाका यसअघिका सामग्री
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
असार ९, २०८१ आइतबार २०:३०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।