सिटी स्क्यान प्रकरणमामा प्रदेश मन्त्रीले भने’ पैसा नछुट्याए सांसदको डेलिगेसन आउँछ, छुट्टायो मन्त्रीको नाम जोडेर समाचार आउँछ

सिटी स्क्यान प्रकरणमामा प्रदेश मन्त्रीले भने’ पैसा नछुट्याए सांसदको डेलिगेसन आउँछ, छुट्टायो मन्त्रीको नाम जोडेर समाचार आउँछ

काठमाडौँ :  बागमती प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीले तीन वटा सिटी स्क्यान मेसिन खरिदमा भइरहेको मिलेमतोबारे सार्वजनिक कार्यक्रममा बोलेका छन्। नेपाल चिकित्सक सङ्घको कार्यक्रममा उनले भने’सामान खरिद गर्ने पैसा नछुट्याको सांसद लगायत डेलिगेसन आउँछन्, बजेट छुट्टायो मन्त्रीको नाम जोडेर समाचार आउँछ।'

त्रीशूलीसहित तीन अस्पतालमा सिटी स्क्यान मेसिन खरिदमा नौ करोडको खेलबारे उकेराले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ।

खरिद प्रक्रिया शङ्कास्पद देखिएको भन्दै प्रदेशले त्रिशूली अस्पतालको प्रमुखलाई स्पष्टीकरण सोधेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेर सबै कागजात १५ दिनभित्र बुझाउन लिखित निर्देशन दिइसकेको छ।

तर मन्त्री जोशीले ‘व्यक्तिको चरित्रहत्या गरेर केही हुँदैन भन्दै बुझेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरे।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्री जोशीलाई हेर्दै ‘हाम्रो बारेमा फेरि समाचार आएछ’ भनेका थिए । बस्नेतले राम्रो काम गर्छु भन्दा विविध बाधा आउँछन् भन्दै अब पाँच वर्षपछि डाक्टर र नर्स पाइने हो कि हैन कसैले नबोलेको र बोल्न नदिएको बताए।

सिटी सेटिङका समाचार

१० मंसिर, २०८०, २०:३४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।