एक महिनामा आयो एसइइको नतिजा, ६५.९८ प्रतिशत गेडेड
काठमाडौं : यस वर्षको एसइइमा ६५.९८ प्रतिशत विद्यार्थी गेडेड भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दै सो विवरण सार्वजनिक गरेको हो।
यसवर्ष एसइई परीक्षामा ५ लाख बढी विद्यार्थीले फारम भरेका थिए। नियमित परीक्षातर्फ चार लाख ३० हजार जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा फारम भरेका थिए। यसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना थिए।
एक हजार ९ सय बढी परीक्षा केन्द्रमा एक महिना अगाडि परीक्षा सञ्चालन भएको थियो। सार्वजनिक नतिजा अनुसार नियमितमा २ लाख ८४ हजार ग्रेडेड भएका छन्। १ लाख ४६ हजार ५ सय नन ग्रेडेड छन्। ३.६ देखि ४ जिपिए पाउनेहरूको संख्या ४८ हजार ३ सय ९२ जना रहेका छन्।
सरकारले परीक्षा सकिएको एक महिनाभित्रमा नतिजा प्रकाशन गर्न निर्देशन दिएको थियो। सो निर्देशन अनुसार एसइईको परीक्षा सकिए लगत्तै परीक्षा केन्द्रमै कपी जाँच भएको थियो। परीक्षा विभिन्न माध्यमबाट प्रकाशित गर्न अनुमति पाए पनि त्यो भने सार्वजनिक भइसकेको छैन। त्यसका लागि अझै एक घन्टा लाग्ने बताइएको छ।
वैशाख २८, २०८३ सोमबार २१:३२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।