मुसिकोटमा मोटरसाइकलले ठक्कर दिँदा ७९ वर्षीया वृद्धाको मृत्यु

मुसिकोटमा मोटरसाइकलले ठक्कर दिँदा ७९ वर्षीया वृद्धाको मृत्यु

काठमाडौं: रुकुम पश्चिमको मुसिकोट नगरपालिका- १ खरखरे डाँडामा हिजो साँझ मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको गए राति मृत्यु भएको छ। रुकुम पश्चिमकै त्रिवेणी गाउँपालिका- १० त्रिशुल्ले बस्ने अन्दाजी ७९ वर्षीया धनी वलीको मृत्यु भएको हो।

प्रदेश ३-०२-००१ ब ८५७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेमा राति साढे १२ बजे मृत्यु भएको हो।

हिजो साँझ सवा ५ बजे भएको सवारी दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२० माघ, २०७९, ०९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।