कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले तारामान गुरुङ संयोजक रहेको केन्द्रीय अनुशासन समितिलाई बुधबार पुनर्गठन गरेका छन्।
पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम गरिएको पुनर्गठनमा संयोजक गुरुङलाई नै निरन्तरता दिइएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पुनर्गठित समितिको सदस्यहरूमा केन्द्रीय सदस्यहरू धना खतिवडा, रमेशप्रसाद धमला र बजरङ्ग नेपाली रहेका छन्।
यसअघि सदस्य रहेका सुवासकुमार पोखरेललाई भने समितिबाट हटाइएको छ। यसअघि माघ २५ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गुरुङको संयोजकत्वमा अनुशासन समिति गठन गर्ने निर्णय गरेको थियो। सोही समितिलाई सभापति थापाले नयाँ सदस्यहरू मनोनयन गरी पुनर्गठन गरेका हुन्।
पार्टीभित्रको अनुशासन कायम राख्ने र विधान विपरीतका गतिविधिमाथि छानबिन गरी कारबाहीको सिफारिस गर्ने जिम्मेवारी यस समितिलाई तोकिएको हुन्छ।
वैशाख ३०, २०८३ बुधबार १७:२१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।