जब लाइभ कलमा ट्रम्पले ‘आई लभ मोदी’ भने

जब लाइभ कलमा ट्रम्पले ‘आई लभ मोदी’ भने

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निकै मन पराउने र भारतले अमेरिकामाथि पूर्ण भरोसा गर्न सक्ने बताएका छन्।

अमेरिकाको २५०औं स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्लीमा आयोजित एक समारोहमा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले लाइभ कलमार्फत राष्ट्रपति ट्रम्पलाई जोडेका थिए।

सोही क्रममा ट्रम्पले भने, ‘आई लभ प्राइम मिनिस्टर मोदी। उहाँ मेरा असल मित्र हुनुहुन्छ। भारत र अमेरिका कहिल्यै पनि यति धेरै नजिक भएका थिएनन्। भारतले म र हाम्रो देशमाथि शतप्रतिशत भरोसा गर्न सक्छ।’

आफ्नो कार्यकालमा अमेरिकी अर्थतन्त्र र सेयर बजारले नयाँ रेकर्ड कायम गरिरहेको उल्लेख गर्दै ट्रम्पले थपे, ‘यदि भारतलाई कहिल्यै कुनै सहयोग आवश्यक परेमा उनीहरूलाई कसलाई सम्पर्क गर्नुपर्छ भन्ने थाहा छ। म प्रधानमन्त्री मोदीको ठूलो प्रशंसक हुँ।’

यसअघि गत मे २३ मा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको थियो। सो भेटका क्रममा विदेशमन्त्री रुबियोले राष्ट्रपति ट्रम्पको तर्फबाट प्रधानमन्त्री मोदीलाई ह्वाइट हाउस भ्रमणका लागि आधिकारिक निमन्त्रणा दिएका थिए।

जेठ ११, २०८३ सोमबार ०९:०५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।