आत्मकथा बेचेर ५ करोड बढी आम्दानी, कृषि औजार कारखाना सञ्चालन गर्ने घोषणा

आत्मकथा बेचेर ५ करोड बढी आम्दानी, कृषि औजार कारखाना सञ्चालन गर्ने घोषणा

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बेचेर आएको पैसाले कृषि औजार कारखाना सञ्चालन गर्ने भएका छन्। 

कारखाना सञ्चालनका लागि वीरगन्ज कृषि औजार कारखानामा जागिर खुलेको सूचना समेत प्रकाशित गरिसकेको पुनले जानकारी दिएका छन्। 

रोजगारीको सूचनामा पुनले मेकानिकल इन्जिनियरदेखि मेसिन निर्माणकर्ता समेत गरी २४ जना जनशक्तिको आवश्यकता रहेको पुनले सामाजिक संजालमा लेखेका छन्। 

पुनले लेखेका छन्, 'वीरगन्ज कृषि औजार कारखानामा जागिर खुल्यो। आफ्नो लागि जागिर खान र जन्मभूमिको लागि केही गरेर देखाउन चाहनेहरूले सम्पर्क गर्नुहोला। महावीर पुनको आत्मकथाको किताब बेचेर आएको पैसाले कारखाना सञ्चालन हुँदैछ। 

आफ्नो आत्मकथा बेच्न देशदौडा गरिरहेका पुनले केही दिनअघि पुस्तक बिक्री गरेर पाँच करोड आम्दानी भएको बताएका दिएका थिए। 

९ बैशाख, २०८१, ०८:४७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।