प्रतिलिटर ७ रूपैयाँले घट्यो पेट्रोलको मूल्य

प्रतिलिटर ७ रूपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं : पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ। बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो। 

निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ।

नयाँ दरअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १७८ रुपैयाँबाट १७१ भएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर १७७ बाट १७० भएको छ। यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा १७५ रुपैयाँ ५० पैसाबाट १६८ रुपैयाँ ५० पैसा भएको निगमले जनाएको छ। 

डिजेल र मट्टितेल काठमाडौं, पोखरा र दिपायलमा १५९ बाट १५४ रुपैयाँ भएको छ। सुर्खेत र दाङमा प्रति लिटर १५८ बाट  १५३ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५६ रुपैयाँ ५० पैसाबाट १५१ रुपैयाँ ५० पैसा भएको छ। 

इन्डियन आयल कर्पोरेसनले १५/१५ दिनमा पठाउने मूल्य सूचीका आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ। 

जेठ २, २०८१ बुधबार २१:०४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।