भोलिको संसदमा गृहमन्त्री लामिछानेलाई रोष्ट्रम चढ्न दिने सम्भावित कार्यसूची, कांग्रेसले के गर्ला ?

भोलिको संसदमा गृहमन्त्री लामिछानेलाई रोष्ट्रम चढ्न दिने सम्भावित कार्यसूची, कांग्रेसले के गर्ला ?

काठमाडौं : संघीय संसद् सचिवालयले भोलिको प्रतिनिधिसभा बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरिएको कार्यसूचीको ८ नम्बर बुँदामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रोष्ट्रम चढ्न दिने उल्लेख छ। 

उक्त बुँदामा गृहमन्त्री रवि लामिछानेले 'राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ। 

सहकारी ठगी प्रकरणको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने कांग्रेसको अडान कायमै छ। प्रमुख प्रतिपक्ष दल कांग्रेसले यही अडानका साथ बजेट अधिवेशनको पहिलो दिनबाटै संसद अवरुद्ध गर्दै आइरहेको छ।  

गृहमन्त्री लामिछानेले प्रस्तुत गर्ने भनिएको राजनीतिक दलसम्बन्धी विधेयक सदनको अघिल्लो अधिवेशनमै प्रस्तुत गर्ने तयारी थियो। कांग्रेसले गृहमन्त्रीलाई रोकेको थियो। 

यता, गृहमन्त्री लामिछानेले पनि आफूले सदनमा बोल्न पाउनुपर्ने भन्दै निरन्तर माग गर्दै आएका छन्। नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा टेबुल हुन सकेको छैन भने राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत हुन सकेको छैन। 

बजेट अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुनुपर्ने कार्यसूचीहरू पनि प्रस्तुत हुन सकेको छैन। तर पनि कांग्रेस महामन्त्री गगन थापाले बजेट अधिवेशनको पहिलो दिन नै आफूहरूको माग पूरा नभएसम्म संसद चल्न नदिने बताइसकेका छन्।  

यस्ता छन् बिहीबारको बैठकका लागि सम्भावित कार्यसूची :

जेठ २, २०८१ बुधबार २१:२६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।