सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा

सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ। 

बलात्कार मुद्दामा बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्तिमार्फत सन्दीप घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जनाएका छन्।

जिल्ला अदालत काठमाडौँले सन्दीपलाई दोषी ठहर गर्दै गरेको फैसला उल्टाउँदै बुधबार उच्चले उनलाई सफाइ दिएको हो।

जिल्लाको फैसलाविरुद्ध सन्दीप उच्च अदालतमा पुनरावेदनका लागि गएका थिए। उनको पुनरावेदनमाथि भएको सुनुवाइ सक्काएर बुधबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिएको हो।

जेठ २, २०८१ बुधबार १९:३४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।