जगदम्बा स्टील्सको सहयोगमा सेती प्रादेशिक अस्पतालमा नयाँ अक्सिजन प्लान्ट

जगदम्बा स्टील्सको सहयोगमा सेती प्रादेशिक अस्पतालमा नयाँ अक्सिजन प्लान्ट

काठमाडौं : जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ठूलो क्षमताको प्रविधियुक्त नयाँ अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ।

फाउन्डेसनले प्लान्ट हस्तान्तरण गरी एक समारोहबीच उद्घाटन गरिएको हो।

दुई संस्थाबीचको सहकार्यले सामुदायिक कल्याण प्रतिको समर्पण मात्र नभई स्वास्थ्य सेवाको महत्वपूर्ण आवश्यकतालाई पनि सम्बोधन गर्ने स्टील्सले विश्वास लिएको कम्पनीका जनसम्पर्क उपाध्यक्ष कृष्णदत्त भट्टले बताए।

अक्सिजन आवश्यक परेका विरामीहरूलाई समयमै अक्सिजन उपलब्ध गराउन स्थापना गरिएको प्लान्टले स्थानीय समुदाय लगायत समग्र सुदूरपश्चिमका नागरिकलाई प्रभावकारी चिकित्सा सेवा सुनिश्चित गर्दै बिरामीहरूको सेवा गर्ने अस्पतालको क्षमतामा उल्लेखनीय वृद्धि हुनेछ।

यस पहलले स्वास्थ्य क्षेत्रमा अक्सिजन जस्तो अपरिहार्य तत्वको विद्यमान संकटलाई सम्बोधन गरि अस्पतालको पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत पुग्ने देखिएको छ।

उद्घाटन समारोहमा सेती प्रादेशिक अस्पताल, धनगढीका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्रराज भट्ट, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) तथा जगदम्बा स्टील्स लिमिटेडका जनसम्पर्क उपाध्यक्ष कृष्णदत्त भट्ट, कानून प्रबन्धक कम्पनी सचिव विजय तिमल्सेना र जगदम्बा स्टील्सका बिक्री प्रतिनिधि नवीन पाण्डे लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

२२ चैत, २०८०, ०९:५३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।