६ फिल्म फ्लप हुँदा संकटमा टाइगर : हातमा एउटै फिल्म छैन, बजार मूल्य पनि घट्दै

६ फिल्म फ्लप हुँदा संकटमा टाइगर : हातमा एउटै फिल्म छैन, बजार मूल्य पनि घट्दै

एजेन्सी : कोभिड महामारीअघि अभिनेता टाइगर श्राफ बलिउडमा सबैभन्दा महत्वकांक्षी र उदाइरहेका अभिनेतामध्ये एक थिए। आफ्नो नृत्य शैली र खतरनाक एक्सन सिक्वेन्सले टाइगर बलिउडको सबैभन्दा युवा एक्सन स्टारका रुपमा लोकप्रिय बनेका थिए।

तर, टाइगरका पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाई देखाउन सकेनन्। जसकारण उनको फिल्मी करियर ग्राफ निकै तल आएको छ। ‘हिरोपन्ती २’, ‘गणपत’ र ‘बडे मियाँ छोटे मियाँ’ को बक्सअफिस असफलतापछि अब टाइगरलाई हिट फिल्मको धेरै आवश्यकता परेको छ।

अहिले टाइगरको हातमा कुनै पनि फिल्म छैन र उनको करियर संकटको अवस्थामा पुगेको छ। ‘रेम्बो यो गर्मीमा सुरू हुने तयारीमा थियो। तर बजेटको समस्याका कारण यसलाई पनि स्थगित गरिएको छ। 

 ११ वटा फिल्म रिलिज हुँदा टाइगरले हालैमात्र लगातार ३ फ्लप फिल्मका साथ कुल ६ फ्लप फिल्म दिए। 

'कोही खरिदकर्ता नहुनु, खाली क्यालेण्डर र कुनै भाग्य पनि नभएका कारण उनको करियर मन्दीमा छ। बक्स अफिसमा गिरावट आएपछि अहिले उनको हातमा केही छैन', टाइगर निकट स्रोतले भनेको छ।

फ्लप फिल्ममा ह्याट्रिक भएपछि निर्माताले टाइगरलाई आफ्नो पारिश्रमिकलाई सिंगल डिजिटसम्म कम गर्न सल्लाह दिइसकेका छन्। एक निर्माताले हालैमात्र टाइगरलाई आफ्नो पारिश्रमिकमा ७० प्रतिशत भन्दा बढी कम गरेर ९ करोड रुपैयाँ पारिश्रमिक लिन सल्लाह नै दिएका थिए। उनको भनाइमा अहिले टाइगरको कुनै बजार मूल्य छैन।

उनले ‘बडे मियाँ छोटे मियाँ’ र ‘गणपत’का लागि ३०–३० करोड पारिश्रमिक लिएका थिए। तर, दुवै फिल्म फ्लप भएपछि उनलाई नराम्ररी झट्का लागेको छ। 

जेठ ६, २०८१ आइतबार ०८:४१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।