सुनको मूल्य प्रतितोला १ लाख ४० हजार नाघ्यो

सुनको मूल्य प्रतितोला १ लाख ४० हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ। यसअघि गत जेठ ३ गते एक लाख ४० हजार रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ४० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। 

महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ। गत बिहीबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँ हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो।

जेठ ६, २०८१ आइतबार १२:३७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।