सबै मन्त्री बर्खास्त, २५ मन्त्रालयमा प्रधानमन्त्रीकै नेतृत्व

सबै मन्त्री बर्खास्त, २५ मन्त्रालयमा प्रधानमन्त्रीकै नेतृत्व

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसहित बनेको सरकारमा रहेका सबै मन्त्री बर्खास्त गरी मन्त्रालय आफ्नो मातहतमा ल्याएका छन्। उनले राष्ट्रपति कार्यालयमा बुझाएको विवरण अनुसार राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिमा उल्लेख भए अनुसार सबै मन्त्रालयको नेतृत्व आफू मातहत ल्याएका छन्।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरी कार्य विभाजन गरिएको उल्लेख छ।

कार्य विभाजनमा जम्मा चार जनाको मात्र नाम छ। जस अनुसार प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा अर्थ, उद्योग, ऊर्जा, गृह सहित २५ वटै मन्त्रालय रहेको छ। सोमबार राष्ट्रपतिले तीन जनालाई शपथ खुवाए पनि उनीहरूको कार्य विभाजन गरिएको छैन। प्रधानमन्त्रीपछि दोस्रो नम्बरमा हितबहादुर तामाङ, तेस्रोमा पदम गिरी र चौथोमा डोलप्रसाद अर्यालको नाम छ।

संविधानले मन्त्रिपरिषद् फेरबदलको अधिकार प्रधानमन्त्रीलाई तोकेको छ। कांग्रेसहितको गठबन्धन भत्काउँदै प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाए पनि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन अस्विकार गरेका थिए।

कांग्रेसले गठबन्धन बदल्ने निर्णय प्रचण्डको एकल भएकाले मन्त्रीहरूबारे उनले नै निर्णय गर्ने र कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने निर्णय गरेको थियो। राजीनामा नआउने भएपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक अधिकार प्रयोग गर्दै आफ्नो दलसँगै कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरूबाट मन्त्री भएका सबैको पद खारेज गरेर सबै मन्त्रालयको नेतृत्व आफू अन्तर्गत ल्याएका हुन्।

सत्ता चलखेल श्रृ‌ंखला

 ​​​​​​​​​​​​​​​​​​​​​राप्रपा सरकारमा नजाने

फागुन २१, २०८० सोमबार १८:१८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।