संसद्को दुवै सदनको बैठक दुई दिन स्थगित

संसद्को दुवै सदनको बैठक दुई दिन स्थगित

काठमाडौं : संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक दुई दिनका लागि स्थगित भएका छन्।

संसद सचिवालय सूत्रका अनुसार आज र भोलि दुवै सदनका बैठक बस्ने छैनन्।

राजनीतिमा उत्पन्न नयाँ परिस्थितिको असरले संसदको बैठक स्थगित हुन पुगेको हो।

यसअघि आजको बैठकमा सरकारमाथि उठेका प्रश्नको सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यतालिका थियो।

२१ फागुन, २०८०, ११:०२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।