राष्ट्रपति पौडेलसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेट गरेकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहयोगका विषयमा छलफल भएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार भेटमा नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीच आपसी सहयोग वृद्धि गर्ने लगायतका विषयमा कुराकानी भएको थियो।
जेठ १, २०८३ शुक्रबार १८:२८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।