उमेश श्रेष्ठ कांग्रेसको कोषाध्यक्षमा मनोनीत

उमेश श्रेष्ठ कांग्रेसको कोषाध्यक्षमा मनोनीत

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ।

पार्टी सभापति गगन थापाले शुक्रबार पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (४) बमोजिम  श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। 

सभापति थापाले मनोनयन गरेका श्रेष्ठ यसअघि पनि पार्टीको कोषाध्यक्ष थिए। श्रेष्ठको नेतृत्वमा जेनजी आन्दोलनमा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयसमेत पुनर्निर्माण भइरहेको छ।

जेठ १, २०८३ शुक्रबार १९:२४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।