कांग्रेसका मन्त्रीहरूले राजीनामा दिँदैनन्,जे-जे गर्ने प्रधानमन्त्रीले नै गर्नुहुन्छ : रमेश लेखक

कांग्रेसका मन्त्रीहरूले राजीनामा दिँदैनन्,जे-जे गर्ने प्रधानमन्त्रीले नै गर्नुहुन्छ : रमेश लेखक
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने भएका छन्।

सोमबार शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘गठबन्धन प्रधानमन्त्रीले तोड्ने, अनि हामीले किन राजीनामा दिने? जे-जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ।’

बैठकमा सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेको बिफ्रिङ गरेका थिए।

‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनुभयो। अब हामी प्रतिपक्षमा रमाउछौँ’, उनले थपे।

कांग्रेसले गठबन्धन नतोडेको भन्दै नयाँ रणनीति पनि केही नभएको उनको भनाइ थियो।

उनले अगाडि भने, ‘प्रधानमन्त्रीले गठबन्धन तोडेपछि हामी के गर्नु अब? हामीले गठबन्धन तोडेको भए, अब यसो गर्छौँ भन्थ्यौँ। अब हामी प्रतिपक्षको बेन्चमा फर्किन्छौँ।’

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग कुरा गरेपछि प्रचण्डले सत्ता गठबन्धन तोड्ने निर्णय निष्कर्षमा पुगेका थिए।

आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी छ।

२१ फागुन, २०८०, १२:११:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।