रास्वपा सचिवालय बैठक सकियो, निर्णय लिने जिम्मा सभापतिलाई

रास्वपा सचिवालय बैठक सकियो, निर्णय लिने जिम्मा सभापतिलाई

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक सकिएको छ।

पार्टी सभापति निवास बुढानीलकण्ठमा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको एक सचिवालय सदस्यले जानकारी दिए।

बैठकले नयाँ राजनीतिक घटनाका बारेमा निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिएको ती नेताले बताए।

‘सरकारमा जाने/नजानेदेखि, सरकार जाँदा कुन मन्त्रालय लिने भन्ने विषयमा सभापति लामिछानेले निर्णय लिनुहुनेछ’, ती नेताले भने, ‘सभापतिको निर्णय नै सचिवालयको निर्णय हुनेछ।’

आइतबार सभापति लामिछानेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका थिए।

छलफलमा नयाँ सत्ता गठबन्धन र सत्ता साझेदारीको विषयमा छलफल भएको थियो।

२१ फागुन, २०८०, ०९:२६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।