स्किल सेवाले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने

स्किल सेवाले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने

काठमाडौं : घर निर्माण सम्बन्धी काम गर्दै आएको स्किल सेवाले हरेक शनिबार निःशुल्क प्राविधि परामर्श दिने भएको छ।

आफ्ना ३ शाखामार्फत कम्पनीले घर निर्माण सम्बन्धी जग्गा छनोट, नक्सा स्वीकृति, सामग्री छनोट, निर्माण सामग्रीको गुणस्तर, आवश्यक कागजातहरू र प्रक्रियाहरूबारे महत्त्वपूर्ण सुझाव प्रदान गर्न निःशुल्क परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको हो।

परामर्श कार्यक्रम शनिबार बिहान ८ बजेदेखि ४ बजेसम्म कम्पनीको प्रमुख कार्यालय बबरमहलमा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश तिमिल्सिनाले जानकारी दिए।

कम्पनीले पोखरा, चितवन र बुटवल जस्ता ठूला शहरहरूमा व्यापक उपस्थितिको साथ सुरक्षित, दिगो र समस्यारहित घरहरू निर्माण गर्न जनतालाई विशेष सल्लाह प्रदान गर्ने लक्ष्य राखेको छ।

असुरक्षा, खेर जानसक्ने लगानी र पुनः बिक्रीमा आउने कठिनाइहरू लगायतका सम्भावित जोखिमहरूलाई प्राथमिकता दिँदै घर निर्माणपूर्व प्राविधिकसँग परामर्श गर्नुपर्ने प्रमुख कार्यकारी अधिकृत तिमिल्सिनाले बताए।

‘प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो घर निर्माण गर्न सक्छौँ साथसाथै प्रक्रियागत त्रुटीसमेत नहुने भएकाले समस्यारहित घर निर्माण गर्न सकिन्छ,’ उनले भने, ‘यसका अतिरिक्त प्राकृतिक विपद, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्दछ।’

मंसिर १५, २०८० शुक्रबार ११:२४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।