सुनको मूल्य सामान्य घट्यो, चाँदीको भने बढ्यो

सुनको मूल्य सामान्य घट्यो, चाँदीको भने बढ्यो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

मङ्गलबारको तुलनामा आज सुन तोलामा सात सयले घटेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार दुई सय कायम भएको छ। मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार नौ सयमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदी पाँच हजार सात सय १० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी  पाँच हजार छ सय ९५ मा  खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार सात सय २५ र चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

वैशाख ३०, २०८३ बुधबार ११:१२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।