थारूहरू धर्तीपुत्र हुन्, धर्तीका लागि रगत बगाउन पनि पछि पर्दैनन्ः रेशम चौधरी

नवलपुरः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थारूहरू धर्तीपुत्र भएकाले नेपाली धर्तीका लागि रगत बगाउन पनि पछि नपर्ने बताएका छन्।
पार्टीले नवलपरासी जिल्ला समितिद्वारा बुधबार परासीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले आफूलाई केही स्वार्थ बोकेका व्यक्तिहरूले पाखा लगाउन खोजेको भन्दै त्यो सपना पूरा हुन नदिने बताएका हुन्।
'जेलबाट छुटेपछि रेशम चौधरीले थारूहरूको पक्षमा आवाज उठाउँछ भन्ने सोचेर केही व्यक्तिले थारूहरूबाट पराई गराउँदै किनारा लगाउन खोज्ने प्रयास भइरहेको छ,' उनले भने।
उनले अब बाँकी जीवन थारूहरूलाई पहिचान दिलाउने संघर्षमा खर्चिने पनि बताए।
टीकापुर घटनाका दोषीलाई राज्यले पहिचान गरी कारबाही गर्नुपर्ने उनको भनाइ थियो।
जेठ २४, २०८० बुधबार १८:२२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।