अमेरिकामा भारतीय ‘आई ड्रप’ प्रयोग नगर्न चेतावनी; ५५ जनामा अन्धोपनको समस्या, एक जनाको मृत्यु

अमेरिकामा भारतीय ‘आई ड्रप’ प्रयोग नगर्न चेतावनी; ५५ जनामा अन्धोपनको समस्या, एक जनाको मृत्यु

एजेन्सी : अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले भारतमा बनेको आँखाको औषधि (आई ड्रप) प्रयोग नगर्न चेतावनी दिएको छ।

अमेरिकामा कम्तीमा ५५ जनामा संक्रमण, अन्धोपन र अन्य जटिलतामा यो औषधि जिम्मेवार भएको र एक जनाको मृत्युसमेत भएको समाचार एजेन्सी रोयटर्स जनाएको छ।

एफडीएले बिहीबार भारतको ग्लोबल फार्मा हेल्थकेयर प्रालिले उत्पादन गरेको आर्टिफिसियल टियर्स ‘आई ड्रप’ले ब्याक्टेरियाको संक्रमण हुने र कम्पनीले उत्पादन मापदण्डको उल्लंघन गरेको बताएको छ।

योसँगै चेन्नईस्थित कम्पनी ग्लोबल फार्मा हेल्थकेयरले बुधबार संयुक्त राज्य अमेरिकामा बिक्रीका लागि राखिएका ड्रपहरूको बाँकी स्टक फिर्ता गर्न भनेको छ।

अमेरिकामा चेतावनी जारी गरेलगत्तै केन्द्रीय र राज्य औषधि नियामकहरूले ग्लोबल फार्मा हेल्थकेयरको चेन्नई प्लान्टमा टोली पठाएको छ।

गत वर्ष गाम्बियामा यस्तै एउटा भारतीय कफ सिरपबाट ७० बालबालिकाको मृत्यु भएको थियो।

२१ चैत, २०७९, १४:५१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।