चाँगुनारायण: मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

चाँगुनारायण: मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

काठमाडौंः चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन्। एमालेका विणा बाँस्तोलालाई ३९० मतान्तरले पराजित गर्दै खत्री विजयी भएका हुन्।

खत्रीले नौ हजार ५५० मत प्राप्त गर्दा बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गरे। पराजय भोगेकी बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपमेयर थिइन्।

हाल उपमेयरमा एमालेका रमेश बुढाथोकी विजयी भएका छन्। बुढाथोकीले ११ हजार १०७ मत प्राप्त गरी विजयी भए। कांग्रेसकी सुभद्रा काफ्लेले नौ हजार ६७ मत प्राप्त गरिन्।

चाँगुनारायण नगरपालिकाको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसकै सोम प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल, ४ मा एमालेका रोजबहादुर तामाङ, ५ मा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्याम नायजू श्रेष्ठ, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात विजयी भएका छन्।

४ जेठ, २०७९, १०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।