यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने तीन बिचौलिया पक्राउ
काठमाडौं : जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट र हैरानी दिने तीन जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिन कार्यमा संलग्न रहेको आरोपमा शुक्रबार तीन जनालाई पक्राउ गरेको हो।
जनकपुरधाम उपमहानगरपालिका–२ का २२ वर्ष अंकित कुमार साह, सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्ष करिब चिन्टु कुमार सिंह र धनुषाधाम नगरपालिका–३ का करिब २१ वर्ष राजेश साहलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ४ बजे यातायात व्यवस्था कार्यालय मुजैलियामा सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा बिचौलियाको काम भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटाइएको थियो । सो क्रममा तीन जनालाई नियन्त्रणमा लिएर हो।
प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
जेठ २, २०८३ शनिबार १०:३३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।