धादिङमा घाँस काट्ने क्रममा रुखबाट लडेर वृद्धको मृत्यु
धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० देउरालीमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
आफ्नै घर नजिकै रहेको खनायोको रुखमा घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय भीम बहादुर मगरको मृत्यु भएको हो।
आइतबार (वैशाख २९ गते) साँझ करिब ५:१० बजे रुखबाट लडेर गम्भीर घाइते भएका मगरलाई उपचारका लागि उनका छोरा दिल सिंह मगरले चितवन मेडिकल कलेज (सीएमसी) पुर्याएका थिए।
उपचारकै क्रममा सोमबार (३० गते) बिहान १२:१५ बजे उनको निधन भएको अस्पतालले जनाएको छ।
घटनाबारे अस्पतालले जानकारी गराउनासाथ प्रहरी चौकी जोगिमाराबाट प्रहरी नायब निरीक्षक तेज बहादुर खरेलको नेतृत्वमा ४ जनाको टोली घटनास्थलतर्फ खटिएको छ।
घटनास्थल जोगिमारा प्रहरी चौकीबाट करिब १२ किलोमिटर उत्तरमा पर्दछ।
हाल मृतकको शव चितवन मेडिकल कलेजमै राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वैशाख ३०, २०८३ बुधबार १०:३३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।