महेन्द्र राजमार्गको सडक सीमा खाली गर्न १५ दिने अल्टिमेटम
महेन्द्रनगर : कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमित क्षेत्र खाली गरिने भएको छ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले आज एक सूचना जारी गर्दै सडक सीमाभित्र बनाइएका अनधिकृत संरचना हटाउन १५ दिनको समयसीमा तोकेको हो।
सडक डिभिजनका अनुसार महेन्द्र राजमार्गको (गड्डाचौकी–अत्तरिया–चिसापानी) खण्डमा सडकको केन्द्रबिन्दुबाट दायाँ-बायाँ २५/२५ मिटर क्षेत्र सडक सीमा रहेको जनाएको छ।
सडक डिभिजनका अनुसार महेन्द्र राजमार्गको गड्डाचौकी–अत्तरिया–चिसापानी खण्डमा सडकको केन्द्रदेखि दुवैतर्फ २५/२५ मिटरलाई सडक सीमा निर्धारण गरिएको छ।
सडक विभागको स्वीकृतिबिना अस्थायी/स्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, मालवस्तु बिक्रीमा राख्ने, ढल तथा पानी सडक किनाराको नालामा मिसाउनेलगायतका कार्य नगर्न आग्रहसमेत गरेको छ।
तोकिएको समयावधिभित्र सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा (३) बमोजिम हटाइने र सो कार्यबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्ने चेतावनीसमेत दिइएको छ।
वैशाख ३०, २०८३ बुधबार १२:२३:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।