ललितपुरको इमाडोलमा सामसङ स्मार्ट प्लाजाको १५औँ आउटलेट उद्घाटन

ललितपुरको इमाडोलमा सामसङ स्मार्ट प्लाजाको १५औँ आउटलेट उद्घाटन

इमाडोल : सामसङ स्मार्ट प्लाजाले ललितपुरको इमाडोलमा आफ्नो नयाँ र १५औं आउटलेट सञ्चालनमा ल्याएको छ।

सोमबार आयोजित एक समारोहका बीच सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ यूके जङ, गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छा र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रूपमा यस शोरुमको उद्घाटन गरे।

शोरुममा विभिन्न उत्पादनहरूमा २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई महँगा सामान खरिदमा सहजता प्रदान गर्नेछ भने अनलाइन अर्डर गरी नजिकैको स्टोरबाट सामान लिन सक्ने सेवाको लाभ लिन सक्ने जनाएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारका लागि विशेष लाभ र विश्वसनीय सेवा प्रदान गर्न यो कार्यक्रम ल्याइएको हो भने यो प्लाजा केवल बिक्री केन्द्र मात्र नभई ग्राहकले सामानहरू हेर्न, छुन, तुलना गर्न र विशेषज्ञबाट विश्वसनीय परामर्श प्राप्त गर्न सक्ने अनुभव केन्द्रको रूपमा डिजाइन गरिएको छ।

उद्घाटनका क्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक जङले नेपाली ग्राहकका लागि किफायती र पहुँचयोग्य प्रविधि उपलब्ध गराउन सामसङ सधैँ प्रतिबद्ध रहेको बताए। यस शोरुममा सामसङका नवीनतम स्मार्टफोन, टेलिभिजन र होम अप्लायन्सहरूको विस्तृत दायरा उपलब्ध छ।

वैशाख २९, २०८३ मंगलबार ११:५३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।