भृकुटीमण्डपमा बजाज ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु, १ लाखसम्म नगद छुटको अफर

भृकुटीमण्डपमा बजाज ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु, १ लाखसम्म नगद छुटको अफर

काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले काठमाडौँको भृकुटीमण्डपमा विशेष एक्सचेन्ज मेला सुरु गरेको छ।

‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ नाम दिइएको यो कार्यक्रम आज वैशाख २८ देखि जेठ ३ गतेसम्म सञ्चालन हुनेछ।

यस कार्निभलमा ग्राहकले आफ्नो जुनसुकै पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल घर लैजान सक्नेछन्।

मेलामा नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् भने पुराना सवारी साधनको सही मूल्य निर्धारणका लागि २२ जना अनुभवी मूल्याङ्कनकर्ताहरू मेलास्थलमै खटिएका छन्।

झन्झटिलो प्रक्रिया बिना मेलास्थलमै सहज फाइनान्स सुविधा उपलब्ध गराइएकोमा खरिदकर्ताले निःशुल्क एसेसरिज र निःशुल्क सेवा शुल्क जस्ता सुविधाहरू पनि पाउने कम्पनीले जनाएको छ।

बजाज नेपालले ग्राहकहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै यस्तो आकर्षक योजना ल्याएको जनाएको छ। कम्पनीले सबै इच्छुक ग्राहकहरूलाई भृकुटीमण्डप पुगी यो सुवर्ण अवसरको लाभ लिन अनुरोध गरेको छ।

वैशाख २९, २०८३ मंगलबार ११:४५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।