कोका-कोलाको ‘लोक्ल्ली योर्स’ अभियान: स्थानीय समुदाय र व्यवसायीलाई सम्मान

कोका-कोलाको ‘लोक्ल्ली योर्स’ अभियान: स्थानीय समुदाय र व्यवसायीलाई सम्मान

काठमाडौं : कोका-कोला नेपालले स्थानीय समुदाय र पुस्तौँदेखि व्यवसाय सञ्चालन गर्दै आएका उद्यमीहरूको सम्मानमा ‘लोक्ल्ली योर्स’अभियान सुरु गरेको छ।

विगत ५० वर्षभन्दा बढी समयदेखि नेपालीको दैनिक जीवनको हिस्सा बनेको कोका-कोलाले यस अभियानमार्फत स्थानीय किराना पसलदेखि रेस्टुरेन्ट सञ्चालकसम्मको योगदानलाई उजागर गर्ने लक्ष्य राखेको छ।

अभियानअन्तर्गत तयार पारिएका भिडियोहरूमा उद्यमीहरूको व्यक्तिगत यात्रा, अनुभव र संघर्षका कथाहरू प्रस्तुत गरिएका छन्।

कोका-कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कलियाले स्थानीय व्यवसायहरू नेपाली समुदायको मेरुदण्ड भएको र उनीहरूको सम्मान गर्नु नै अभियानको मुख्य उद्देश्य रहेको बताइन्।

त्यस्तै, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कानानेले टोल-छिमेकका साना व्यवसायीहरू व्यावसायिक साझेदार मात्र नभई समुदायका आधार स्तम्भ भएको उल्लेख गरे।

यस अभियानमा 'डल्ले रेस्टुरेन्ट' का सञ्चालक आलोक कोन्जन र 'शेर्पा जुस सेन्टर' का पासाङ शेर्पा जस्ता व्यवसायीका अनुभवहरू पनि समेटिएका छन्।

व्यवसायी कोन्जनले कोका-कोलालाई हरेक खानापछिको अन्तिम आनन्द दिने पेयको रूपमा व्याख्या गरेको छ भने पासाङ शेर्पाले कोक पिउने संस्कार नै बनिसकेको बताएका छन्।

‘लोक्ल्ली योर्स’ अभियानले स्थानीय उद्यमीहरूको संघर्ष, नवप्रवर्तन र सामुदायिक गौरवको प्रेरणादायी कथाहरूलाई सम्मान गर्दै उपभोक्ता र व्यवसायीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास कम्पनीले लिएको छ।

वैशाख २९, २०८३ मंगलबार ०९:५६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।