ट्रायम्फ नेपालले वैशाख २७ देखि राष्ट्रव्यापी एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने

ट्रायम्फ नेपालले वैशाख २७ देखि राष्ट्रव्यापी एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने

काठमाडौं : गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. (ट्रायम्फ नेपाल) ले वैशाख २७ देखि जेठ १ गतेसम्म एक हप्ते राष्ट्रव्यापी एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ।

प्रिमियम ब्रिटिश मोटरसाइकल ट्रायम्फको अनुभवलाई थप पहुँचयोग्य बनाउन यो कार्यक्रम आयोजना गरिएको हो।

यस क्याम्पमार्फत राइडरहरूले जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल साटेर नयाँ ट्रायम्फ मोटरसाइकल लिन सक्नेछन्। यो कार्यक्रम इटहरी (दमक), बुटवल, पोखरा र भक्तपुरका तोकिएका स्थानहरूमा सञ्चालन हुनेछ।

एक्सचेन्ज क्याम्पका मुख्य आकर्षणहरूमा  पुरानो बाइकको बजार मूल्याङ्कनमा थप १५ हजार रुपैयाँ बोनस, हुलास अटो फाइनान्समार्फत न्यूनतम ४० प्रतिशत डाउन पेमेन्टमा नयाँ बाइक उपलब्ध गराइनेछ।

झन्झटिलो प्रक्रिया बिना सोही दिन एक्सचेन्ज गरी नयाँ बाइक लैजान पाइने दाबी गरेको कम्पनीले प्रत्येक खरिदमा प्रिमियम हेल्मेट, ट्याङ्क प्याड र डकुमेन्ट ब्याग निःशुल्क दिने बताएको छ।

यसका अलावा नयाँ ४०० सीसी सिरिजको प्रत्यक्ष टेस्ट राइड गर्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले यस कार्यक्रमलाई केवल बाइक एक्सचेन्जमा मात्र सीमित नराखी राइडर समुदायसँग जोडिने अवसरको रूपमा लिएको बताए।

वैशाख २९, २०८३ मंगलबार ०९:१९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।