तोलामा ४४ सय रुपैयाँ बढ्यो सुन
काठमाडौं : नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ।
सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा चार हजार चार सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार नौ सय रुपैयाँ कायम भएको छ।
सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदी तोलामा तीन सय ५५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार छ सय ९५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो।
वैशाख २९, २०८३ मंगलबार ११:०३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।