शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि-बुकिङ खुला

शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि-बुकिङ खुला

काठमाडौं : शाओमी नेपालले दुई नयाँ ट्याब्लेट शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि-बुकिङ खुला गरेको छ। असार ३ देखि सुरु भएको बुकिङमा असार ६ सम्म उपभोक्ताले विशेष अफरसमेत प्राप्त गर्न सक्नेछन्।

शाओमी प्याड ७ मा १४४ हर्ज रिफ्रेस रेटसहितको ३.२ के डिस्प्ले, स्न्यापड्रागन ७+ जेन ३ प्रोसेसर र ८८५० एमएएच ब्याट्री रहेको छ। यसको मूल्य ८ जीबी +१२८ जीबी भेरियन्टको लागि रु. ४४,९९९ र ८ जीबी +२५६ जीबी का लागि रु. ४९,९९९ तोकिएको छ।

रेड्मी प्याड २ मा ११ इन्चको २.५के डिस्प्ले, हेलिओ जी १०० प्रोसेसर र ९००० एमएएच ब्याट्री रहेको छ। यसको ६ जीबी+१२८ जीबी संस्करणको मूल्य रु. २४,९९९ र ८ जीबी +२५६ जीबीको मूल्य रु. २९,९९९ निर्धारण गरिएको छ।

प्रि-बुकिङ अवधिमा शाओमी प्याड ७ खरिद गर्नेले रु. ७,९९९ बराबरको किबोर्ड र पेन मात्र रु. ५,९९९ मा पाउनेछन् भने रेड्मी प्याड २ खरिदकर्ताले रेड्मी बड्स ५ ए निःशुल्क प्राप्त गर्नेछन्।

यी ट्याब्लेटहरू नेपालभरका एमआई स्टोर, शाओमीका आधिकारिक बिक्रेता, दराज र हुकुट स्टोरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

असार ५, २०८२ बिहीबार १५:१९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।