काठमाडौंमा ‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ सुरू

काठमाडौंमा ‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ सुरू

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ सुरू भएको छ। बुधबारबाट सुरु भएको एक्सपो आगामी जेठ ४ गतेसम्म चल्नेछ।

प्रदर्शनको उद्घाटन नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले गरे। उनले स्थानीय उत्पादनलाई प्राथमिकता दिइएकोमा खुसी व्यक्त गरे।  ‘यहाँ स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ,’ उनले भने, ‘काठमाडौं र भक्तपुरमा नै उत्पादन भएका जुत्ता, कपडा, हातले बुनेका सामाग्रीदेखि बच्चाहरूका लागि प्ले स्टेसनसम्म छन्। एकै ठाउँमा परिवार लिएर आएर घुम्न पनि सकिन्छ र किन्न पनि सकिन्छ।’

इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले एक्सपोमा नेपाल, भारत, बंगलादेश, चीन लगायतका देशका उपभोग्य सामग्रीहरूका करिब १५० स्टल रहेको जानकारी दिए।

‘साना साना वस्तुहरूको पनि राम्रो प्रदर्शन गरिएको छ,’ उनले भने, ‘हामीले दशैंमा मात्र किनमेल हुन्छ भन्ने सोचलाई परिवर्तन गर्दै यो समय पनि उपयुक्त हो भनेर देखाउन खोजेका हौं।’

पाँच दिनसम्म चल्ने यो एक्सपो हेर्न करिब ५० हजार अवलोकनकर्ताको सहभागिता हुने अपेक्षा गरिएको छ।

वैशाख ३१, २०८२ बुधबार २०:०६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।