ज्योति विकास बैंकका ग्राहकलाई डेकोर प्यालेसमा विशेष छुट

काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले काठमाडौं नयाँबजारस्थित डेकोर प्यालेसमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फर्निचर शोरुममा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। डेकोर प्यालेसमा घर तथा अफिसहरूको लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न गुणस्तरीय सामग्री उपलब्ध छ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
हालै बैंकले नगरकोटस्थित प्रचलित रिसोर्टहरू ‘क्लब हिमालय’ र ‘होटेल हिमालय भिल्ला’मा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा चालिस करोड रुपैयाँ कर तिरेको छ। साथै, चालु आर्थिक वर्षको पौष मसान्तसम्म पन्ध्र करोड रुपैयाँ कर स्वरूप बुझाइसकेको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ।
फागुन २८, २०८१ बुधबार १०:४३:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।