नाडाको सहयोगमा पोखरामा ‘वाडा अटो शो’ हुने

नाडाको सहयोगमा पोखरामा ‘वाडा अटो शो’ हुने

काठमाडाैं : अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को सहयोगमा पोखरामा वाडा अटो शो आयोजना गरिने भएकाे छ।

पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा)का नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न लागिएको जानकारी दिए।

वाडा अटो शो आगामी चैत १३ देखि १७ गतेसम्म हुनेछ। यसका लागि तत्कालै सम्भाव्यता अध्ययन गर्ने र त्यसको सर्वे रिपोर्टको आधारमा अन्य कार्यहरुलाई अघि बढाउने निर्णय भएको उनले बताए।

माघ २२, २०८१ मंगलबार ११:४६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।