मंगलबार २९ बैशाख, २०८३
बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २५ लाख सहयोग
काठमाडौं : सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन्।
असोज २३, २०८१ बुधबार १०:२८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।