२.०६ अंकले बढ्यो नेप्से

२.०६ अंकले बढ्यो नेप्से

काठमाडौं : साताका दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार छ। नेप्से २.०६ अंकले बढेर बजार परिसूचक १९६०.८१ विन्दुमा रह्यो। 

५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको छ। 

अन्तिम समयमा लघुवित्त उप-समूह २.४३ प्रतिशतले बढ्दा बजार परिसूचक सकारात्मक देखिएको हो। विकास बैंक, म्युचुअल फन्ड र अन्य समूहमा पनि सामान्य बढोत्तरी छ। 

१२० कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ। ११ कम्पनीका सेयर मूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुने कम्पनीमा पोखरा फाइनान्स पहिलो नम्बरमा रह्यो। उक्त कम्पनीको ८ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

यस्तै, आरएसडीसी लघुवित्तको ६ करोड ५७ लाख, हिमालयन लघुवित्तको ५ करोड १७ लाख, हिमालयन रिइन्स्योरेन्सको ४ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

सेयर मूल्य बढ्ने कम्पनीका हिमालयन लघुवित्त पहिलो नम्बरमा छ। इन्फिनिटी लघुवित्त, समता घरेलु लघुवित्त, सबैको लघुवित्त लगायत सेयर मूल्य बढेका कम्पनीको सूचीमा अगाडि छन्। 

सेयर मूल्य घट्नेमा बोटलर्स तराई, सीवाइसी नेपाल लघुवित्त, माउन्टेन हाइड्रो, दोल्ती पावर, नेपाल फाइनान्स लगायत छन्।  

२५ बैशाख, २०८१, १५:४७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।