सरकार र व्यवसायीको टकरावले इन्टरनेट सेवा अवरुद्ध

सरकार र व्यवसायीको टकरावले इन्टरनेट सेवा अवरुद्ध

काठमाडौँ : सरकार र निजी इन्टरनेट सेवा प्रदायकबिचको कर भुक्तानी विवादले इन्टरनेटका उपभोक्ता मारमा परेका छन्। कर नतिरेको भन्दै सरकारले विदेशी मुद्रा सटहीको सुविधा नदिँदा निजी इन्टरनेट प्रदायकले भारतीय कम्पनीलाई भुक्तानी गर्न नसक्दा बिहीबारबाट एक्कासि सेवा अवरुद्ध भयो।

नेपालका निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले करिब ३ अर्ब रकम तिर्न बाँकी छ। तर कर नतिरेको भन्दै सरकारले सटही सुविधा दिएन। बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेपाली कम्पनीलाई दिँदै आएको सुविधा काट्यो।

अनि देशभरका इन्टरनेट सेवा अवरुद्ध भयो। वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका ठुला कम्पनीको सेवा अवरुद्ध भएको छ।

२० बैशाख, २०८१, २०:४२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।