इन्डियन प्रिमियर लिगमा आज कोलकाता र दिल्ली भिड्दै, यस्तो छ आँकडा

इन्डियन प्रिमियर लिगमा आज कोलकाता र दिल्ली भिड्दै, यस्तो छ आँकडा

एजेन्सी : इन्डियन प्रिमियर लिग आईपीएलमा आज कोलकाता नाइट राइडर्स (केकेआर) र दिल्ली क्यापिटल्स (डिसी) भिड्दैछन्।

खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे कोलकातास्थित इडन गार्डेन क्रिकेट मैदानमा हुनेछ।

केकेआरले ठूलो रन बनाएर पनि अन्तिम खेलमा हार बेहोरेको थियो। डिसीले भने ठूलो स्कोर बनाएर पनि मात्र १० रनले खेल जितेको थियो।

यी दुई टोलीबीच हालसम्म कुल ३३ खेल भएका छन् जसमध्ये केकेआरले १७ र डिसीले १४ खेल जितेको छ। केकेआरले दिल्लीसँग इडेन गार्डेनमा खेलेका ९ मध्ये सात खेलमा जित निकालेको छ।

जारी आईपीएलमा डिसी १० खेलमा पाँचमा जित निकाल्दै १० अंकसहित छैटौं नम्बरमा छ भने केकेआर ८ खेलमा पाँचमा जित निकालेर समान अंकसहित दोस्रो स्थानमा छ।

१७ बैशाख, २०८१, १३:५४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।