खरिद विवादमा मुछिएकी कोशी प्रदेशकी स्वास्थ्य सचिव डा. देवकोटालाई हटाइयो, सचिवको जिम्मेवारीमा थपलिया

खरिद विवादमा मुछिएकी कोशी प्रदेशकी स्वास्थ्य सचिव डा. देवकोटालाई हटाइयो, सचिवको जिम्मेवारीमा थपलिया
तस्बिर : बाँयातर्फ डा. सुधा देवकोटा र दायाँतर्फ राधिका थपलिया

काठमाडौं : कोशी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी राधिका थपलियाले पाएकी छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिटी स्क्यान मेसिन लगायत खरिद विवादमा मुछिएकी सचिव डा. सुधा देवकोटालाई कोशी प्रदेशको स्वास्थ्य सचिवबाट हटाउँदै थपलियालाई सचिवको जिम्मेवारी दिएको हो। 

उकेराले कोशीमा भएको सिटी स्क्यान मेसिनको खरिद सेटिङबारे समाचार सम्प्रेषण गर्दै आएको छ। कोशी प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रले करिब ८ करोडमा खरिद गर्न लागेको सिटी स्क्यान मेसिन डा. देवकोटासहितको मिलोमतोमा अगाडि बढेको देखिएको विषयमा उकेराले समाचार सम्प्रेषण गरेको थियो।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थपलियालाई सोमबार कामकाज गर्ने गरी कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो।  

थपलियालाई सचिवको रुपमा जिम्मेवारी दिएको पत्रमा भनिएको छ,‘तपाईँलाई कर्मचारी समायोजन ऐन, २०७५ को दफा ११ को उपदफा (२) बमोजिम देहाय अनुसार काम काज गर्न खटाएको ब्यहोरा नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०८० वैशाख २७ गते को निर्णय अनुसार अनुरोध छ।’

थपलियालाई कामकाज गर्न खटाइएको सेवा, समूह र श्रेणी, पद र निकाय ‘नेपाल स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्शन समूह, एघारौं तह, प्रदेश सचिव’ उल्लेख छ। 

वैशाख ३१, २०८१ सोमबार २१:४४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।