आईपीएलमा आज राजस्थान र पञ्जाब भिड्दै, टिममा हुने छैनन् बटलर

आईपीएलमा आज राजस्थान र पञ्जाब भिड्दै, टिममा हुने छैनन् बटलर

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स भिड्दैछन्।

खेल नेपाली समयअनुसार बेलुकी पौने आठ बजे राजस्थानको दोस्रो घरेलु मैदान गुवाहटीमा हुनेछ।

राजस्थानको टोलीमा अब जोस बटलर छैनन्। उनी विश्वकपका लागि भनेर आफ्नो घर फर्किसके। उसले ओपनरको रुपमा कसलाई मैदान पठाउँछ, त्यो हेर्न रोचक हुनेछ।

राजस्थानले यो खेल जितेर प्लेअफमा स्थान पक्का गर्न चाहेको छ भने यसअघि नै बाहिरिएको पञ्जाबले प्रतिष्ठानको लडाइँ लड्नेछ।

अंकतालिकामा पञ्जाब १२ खेलमा ८ अंकसहित पुच्छारमा छ भने राजस्थान १२ खेलमा १६ अंकसहित दोस्रो स्थानमा छ।

जेठ २, २०८१ बुधबार १४:०२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।