सेन्ट्रल किचेनले गाजामा खाद्यान्न वितरण पुन सुरू गर्ने

सेन्ट्रल किचेनले गाजामा खाद्यान्न वितरण पुन सुरू गर्ने

काठमाडौं : सहायता संगठन वर्ल्ड सेन्ट्रल किचेनले गाजामा खाद्यान्न वितरण पुनः सुरू गर्ने भएको छ।

करिब एक महिनाअघि इजरायली बमबारीमा वर्ल्ड सेन्ट्रल किचनका सात कर्मचारीको मृत्यु भएपछि उसले गाजामा सहायता उपलब्ध गराउने काम रोकेको थियो।

वर्ल्ड सेन्ट्रल किचेनले भनेको छ, ‘हामीले गाजामा मद्दत उपलब्ध गराउन जारी राख्ने निर्णय गरेका छौं।’

किचेनले सहयोगका लागि ८० लाख प्याकेट खाद्यान्नसहित २७६ ट्रक तयार पारेको जनाउँदै तिनीहरू रफा क्रसिङ हुँदै गाजा प्रवेश गर्ने बताएको छ।

वर्ल्ड सेन्ट्रल किचनका सीईओ एरिन गोरले भने, ‘गाजामा मानवीय अवस्था अत्यन्तै गम्भीर छ। हामी पूर्ण ऊर्जाका साथ काममा लागिरहेका छौं। हाम्रो प्रयास सकेसम्म धेरै मानिसहरूलाई खाना उपलब्ध गराउने छ।’

वर्ल्ड सेन्ट्रल किचेन एउटा अमेरिकी संस्था हो, जसको उद्देश्य राष्ट्रिय प्रकोप र मानवीय संकटबाट पीडित मानिसहरूलाई खाना उपलब्ध गराउनु हो।

१७ बैशाख, २०८१, ०९:१४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।