इजरायललाई एक अर्ब डलरभन्दा बढी मूल्यको हतियार पठाउने अमेरिकी तयारी

इजरायललाई एक अर्ब डलरभन्दा बढी मूल्यको हतियार पठाउने अमेरिकी तयारी

एजेन्सी : ह्वाइट हाउसले अमेरिकी कंग्रेसलाई इजरायललाई एक अर्ब डलरभन्दा बढीको हतियार पठाउन चाहेको बताएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो प्याकेजमा ट्याङ्क, मोर्टार र बख्तरबंद सवारीसाधन समावेश हुनेछन्।

एक कंग्रेस कर्मचारीले सीबीएसलाई यो योजनाको बारेमा बताएका हुन्। यो योजना अमेरिकी कंग्रेसबाट पारित हुन उक्त हतियार इजरायल जानेछ।

गत हप्ता मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाको रफाहमा इजरायलले आफ्नो सैन्य कारबाही जारी राखेमा इजरायललाई हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका थिए।

प्यालेस्टाइनीहरूले समाचार एजेन्सी रोयटर्सलाई इजरायली ट्याङ्कहरू मङ्गलबार दक्षिण-पूर्वी रफाहका भित्रसम्म छिरेको बताएका थिए।

बाइडेनले गत हप्ता इजरायलमा ९०० किलोग्राम बमको ढुवानी पठाउन रोकेको बताएका थिए। आफूले पठाएर हतियारहरू कसरी प्रयोग भइरहेका छन् भन्ने अन्यौल भएकाले हतियार नपठाएको उनको जिकिर थियो।

जेठ २, २०८१ बुधबार ११:५३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।