रुस-युक्रेन युद्धमा सेना बनेर गएका १७ श्रीलङ्काली नागरिक मारिए

रुस-युक्रेन युद्धमा सेना बनेर गएका १७ श्रीलङ्काली नागरिक मारिए

एजेन्सी : रुस-युक्रेन युद्धमा कम्तीमा १७ श्रीलङ्काली नागरिक मारिएका छन्।

दुई देशको सैनिकको रूपमा आवद्ध भएका १७ श्रीलङ्काली नागरिक मारिएको श्रीलङ्काली अन्वेषकहरूले बताएको बीबीसीले जनाएको छ।

श्रीलङ्काको सरकारले आफ्ना धेरैजसो पूर्व सैनिक नागरिकहरू युक्रेन युद्धमा संलग्न रहेको सूचना आएपछि अनुसन्धान सुरू गरेको थियो।

युक्रेन युद्धमा कम्तीमा आठ पूर्व सैनिकको मृत्यु भएको शुक्रबार श्रीलंका प्रहरीले जानकारी दिएको थियो।

अधिकारीहरूका अनुसार मारिएका अधिकांश मानिसहरू मानव तस्करहरूले उच्च पारिश्रमिक र विभिन्न प्रलोभनमा प्रलोभनमा परेका थिए।

श्रीलङ्काबाट युद्धमा सामेल हुने अधिकांश मानिसहरू रुसको तर्फबाट लडिरहेका छन् भने केही युक्रेनबाट पनि लडिरहेको अनुसन्धानमा देखिएको छ।

श्रीलङ्काबाट मानव तस्करी गरेर रुस र युक्रेनसम्म पुर्याएको आरोपमा प्रहरीले अवकाशप्राप्त जनरलसहित दुई जनालाई पक्राउ गरेको छ।

धेरै नेपाली नागरिकहरू पनि रुसको तर्फबाट युक्रेन युद्धमा भाग भएका छन्। रुस युद्धमा गएका र सम्पर्कविहीन भएकाहरूका परिवारले उनीहरूको अवस्था पत्ता लगाउन केही दिनअघि प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए।

वैशाख ३०, २०८१ आइतबार २०:२६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।