सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो। गत शुक्रबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।

आज तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै, चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको छ। शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा २० रुपैयाँ वृद्धि भएको हो।

 गत चैत ३० गते चाँदी एक हजार ७५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। जुन मूल्य हालसम्मकै उच्च हो।  

वैशाख ९, २०८१ आइतबार १२:०५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।