इरानसँगको तनावपछि इजरायलको ठूलो भागमा जीपीएस सेवा बन्द

इरानसँगको तनावपछि इजरायलको ठूलो भागमा जीपीएस सेवा बन्द

एजेन्सी : इरानसँग बढ्दो तनावको बीच मिसाइल र ड्रोन आक्रमण रोक्न इजरायलको ठूलो भागमा जीपीएस बन्द गरिएको छ।

मध्य इजरायलका ट्याक्सी चालक र खाद्य वितरण एजेन्सीहरू सहित धेरै क्षेत्रहरू यसबाट प्रभावित भएका छन्।

एक ट्याक्सी चालकले आफ्नो जीपीएस लोकेशन बेरुत आउँदै गरेको बताएका छन्।

इजरायली सेनाका प्रवक्ता जनरल हगारीले जनतालाई शान्ति कायम राख्न अपिल गरेका छन्।

गत सोमबार सिरियामा रहेको इरानको वाणिज्य दूतावासमा भएको आक्रमणमा एक वरिष्ठ जनरल सहित १३ जनाको मृत्यु भएपछि इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो।

इजरायल डिफेन्स फोर्सले लडाकु एकाइका सैनिकहरूको बिदा रद्द गरेको छ। एक दिनअघि, इजरायली एयर डिफेन्ससँग सम्बन्धित रिजर्भ सैनिकहरूलाई पनि उनीहरूको युनिटमा बोलाइएको छ।

इरानबाट जवाफी आक्रमणको खतरा देखपछि इजरायलले यस्तो गरेको हुनसक्ने देखिएको जानकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मध्य इजरायलका धेरै भागमा जीपीएस प्रणाली अवरुद्ध गरेर इजरायली सेनाले एक रक्षात्मक उपाय अपनाएको छ।

जीपीएस इन्टरफेस बन्द गर्दा तोकेको स्थानमा हानिएको मिसाइल वा ड्रोनलाई अन्त डाइभर्ट गर्न सकिन्छ।

२३ चैत, २०८०, १०:३३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।