समुन्द्री मार्गबाट गाजामा पहिलो खेपको सहायता सामग्री पुर्‍याइएको अमेरिकी सेनाद्वारा पुष्टि

समुन्द्री मार्गबाट गाजामा पहिलो खेपको सहायता सामग्री पुर्‍याइएको अमेरिकी सेनाद्वारा पुष्टि

एजेन्सी : अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप पुर्याएको पुष्टि गरेको छ।

अमेरिकाको सेन्ट्रल कमाण्डरले सोसल मिडिया प्लेटफर्म एक्समा यो जानकारी दिएका हुन्।

अमेरिकाले भन्यो, ‘गाजामा प्यालेस्टाइनी नागरिकहरूलाई सहयोग गर्न बहुराष्ट्रिय प्रयास जारी रहनेछ। समुद्रबाट पठाइने यो सहायता पूर्णतया मानवीय हो।’

यद्यपि, प्रभावकारी ढङ्गले सहायता गर्नका लागि समुद्री मार्गले भूमि मार्गहरू प्रतिस्थापन गर्न नसक्नेमा संयुक्त राष्ट्रसंघले सचेत गराएको छ।

सडक द्वारा वितरित सहायता छिटो र अधिक प्रभावकारी रूपमा पुग्न सक्ने उसको निष्कर्ष छ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ।

जेठ ५, २०८१ शनिबार ०७:३५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।