गुपचुपमा विवाह गरेका​​​​​​​ राजेशपायल, ​​​​​​​तीनतले घर र डेढ करोड दिएर श्रीमतीसँग छुट्टिए

गुपचुपमा विवाह गरेका​​​​​​​ राजेशपायल, ​​​​​​​तीनतले घर र डेढ करोड दिएर श्रीमतीसँग छुट्टिए

काठमाडौं : गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्ध विच्छेद गरेका छन्। यसैसाता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मिलापत्र गरेका हुन्।

गुपचुपमा विवाह गरेका राजेशपायलले गुपचुपमा नै श्रीमतीसँग छुट्टिए। केही महिनाअघि श्रीमती राईसँग आफू बस्न नचाहेको भन्दै काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेका थिए। उनले विभिन्न आरोप लगाउँदै श्रीमतीबाट अलग हुन खोजेपछि उनकी श्रीमतीले विभिन्न माग गरेकी थिइन्।

त्यही मागको कारण रोकिएको सम्बन्ध अन्ततः राजेशले माग पुरा गरिदिएपछि उनीहरू छुटिएका हुन्। राजेशले आफू बस्दै आएको नक्सालको घर साङबुङको नाममा गरिदिएका छन्। साढे तीन तला घर, नगद ५० लाख रूपैयाँका अलावा १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धताका साथ साङबुङको नाममा गरिदिएका हुन्।

तीन वर्षअघि राजेशपायल र साङबुङले विवाह गरेका थिए। उनीहरूबाट एक छोरा छन्। छोरा करिब दुई वर्षको मात्रै भएको हुनाले डिभोर्सपछि पनि उनलाई आमाको साथमै रहने र पढाइको खर्च राजेशले व्यहोर्ने गरि लिखित प्रतिबद्धता गरिएको छ। 

नक्सालको घर श्रीमतीलाई दिएपछि उनी शान्तिनगरमा बस्न थालेका छन्। राजेशले अनामनगरको बानेश्वर साइडमा पुल हाउस सहितको रेस्टुरेन्ट व्यवसाय सुरु गरेका छन्।

२२ चैत, २०८०, १७:५८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।