‘पुजार सार्की’मा आर्यन र प्रदीप हाबी भएपछि छायाँमा अञ्जना बराइली

‘पुजार सार्की’मा आर्यन र प्रदीप हाबी भएपछि छायाँमा अञ्जना बराइली

काठमाडौं : फिल्म ‘महापुरुष’बाट अभिनेत्रीमा डेब्यु गरेकी अञ्जना बराइलीले तीन वटा फिल्ममा अभिनय गरिसकिन्। डेब्यु गरेकी फिल्म हिट भएता पनि उनको चर्चा भएन। त्यस फिल्ममा अभिनेता हरिवंश आचार्य लगायतको अभिनयले उनको अभिनय खाइदियो। फिल्म हिट हुँदा पनि उनलाई दर्शकले चिन्न सकेनन्। 

पहिलो फिल्मको सफलतामा हौसिएकी अञ्जनाले दोस्रो फिल्म ‘चित्रा’मा छोटो भुमिका निर्वाह गरिन्। तर यो फिल्ममा उनले आफूलाई प्रचारप्रसारमा आवश्यक नै ठानिनन्। उनले यो फिल्ममा काम गरेको छु भन्ने आभाससमेत गरिनन्। दोस्रो फिल्ममा नै उनी निर्मातासँग असन्तुष्ट रहिन्। 

बरू उनको तेस्रो फिल्म ‘पुजार सार्की’को प्रचारप्रसारमा जुटेको देखियो। उनको सपना पछिल्लो पुस्ताका चल्ती अभिनेता प्रदीप खड्कासँग अभिनय गर्नुथियो। फिल्मको वर्कसपअघिबाटै फिल्मको बारेमा सामाजिक सञ्जालमा पोस्ट्याउदै आएकी अञ्जना तेस्रो फिल्ममा पनि ओझेलमै परेको देखिन्छ। 

फिल्ममा बलिया मानिएका कलाकारहरू प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह हाबी हुँदा अञ्जनाको नाम नै सुन्न मुस्किल छ। 

अधिकांश प्रचारप्रसारमा आर्यन र प्रदीप हिँडेका छन् भने पल शाहको खासै उपस्थिति देखिँदैन। अन्जनाले कतै कतै युट्युबमा अन्तवार्तामा फिल्मको चर्चा गर्न खोजेकी छिन् तर दर्शकले आर्यन र प्रदीपकै चर्चा गरेका छन्। पहिलो फिल्मबाट नै छायाँमा परेकी अञ्जनालाई तेस्रो फिल्मले पनि छायाँमै पार्ने देखिन्छ। 

फिल्मको पोस्टरदेखि ट्रेलरसम्म प्रदीप र आर्यनको चर्चा छ। तर यसै फिल्मकी मुख्य भुमिका निर्वाह गरेकी अञ्जनालाई दर्शकले नोटिस गर्ने सकेका छैनन्। अझ भनौँ उनको चर्चै छैन। 

पोस्टर र ट्रेलर रिलिजपछि पनि चर्चा नभएको उनको काम फिल्म रिलिजपछि कसो नहोला। त्यो भने कुर्न जेठ १० नै पर्खनुपर्ने हुन्छ। हैन र अञ्जना जी?  

जेठ २, २०८१ बुधबार १५:१४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।